काठमाडौं । आज पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक ८.११ अंकले घटेर २,१५६.२० को विन्दुमा कायम भएको छ ।

आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६० वटा कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको १५ करोड १२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मुल्य ४८७ रुपैयाँ कायम भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९६ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनी, लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.४९ प्रशिततका दरले गुमाएका हुन् ।

त्यस्तै आज युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड १, सिर्जनशील लघुवित्त, पिपल्स पावर कम्पनी लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।