काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आ.व.२०८२।८३ को प्रथम त्रयमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्व ७८ करोड निक्षेप संकलन गरि ५३ अर्व ४५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले प्रथम त्रयमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ ।अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेको थियो।

बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधीसम्म बैंकको कुल सम्पत्ती ७१ अर्व ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।

यस अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा गत वर्षको तुलनामा केही घटेको देखिएको छ । यहीकारण सम्भावित कर्जा नोक्सानीका लागि प्रभिजन९इम्पेयरमेन्ट चार्ज० गत वर्ष ४ करोड ८७ लाख रुपैयाँ रहँदा यो वर्ष बढेर ११ करोड माथि पुगेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा घटे पनि वार्षिकीकृत रिटर्न अन इक्वीटी ११.८७ प्रतिशतबाट बढेर १३.३७ प्रतिशत पुगेको छ । यस्तै, वार्षिकीकृत रिटर्न अन एसेट(सम्पत्तिमा प्रतिफल) ०.९४ प्रतिशतबाट वृद्धि भई यो वर्ष १.१० प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको रिजर्बको आकार अघिल्लो वर्षको भन्दा बढेर १ अर्ब ८३ करोडमा सीमित बढेर १ अर्ब ८८ माथि पुगेको छ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.३१ रुपैयाँ, तरलता अनुपात २३.८० प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति १ हजार ८५४.८९ रुपैयाँ, पीई रेसियो २०.१८ गुणा र क्यापिटल एडेक्वेसी रेसियो १२.२६ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर यो वर्ष २०.४६ रुपैयाँ पुगेको छ ।

बैंकले हालैमात्र नेपालको बैंकिङ ईतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरुलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।