काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

साथै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।