काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो।

घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अराोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।