काठमाडौं । सोल्टी होटलले सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो ।

चालु आर्थिक वर्षसम्म ३ हजार ९४१ जना सेयरधनीहरुले लाभांश रकम लिन बाँकी रहेकाे कम्पनीले छ । यी सेयरधनीहरुले ६२ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश रकम नलिएको कम्पनीले जनाएको छ ।

सो लाभांश रकममा हालसम्म पनि लिन नआएको र हकदावी समेत नपरेकोले बाँकी लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ ।

साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ ।