काठमाडौँ । साताको तेस्रो कारोबार दिन शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से ९ अंकले बढेको थियो भने आज नेप्से १५.७० अकंले बढेर २५६६.७० बिन्दुमा कायम भएको छ।
आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २ सय ७७ पटक किनबेच हुँदा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढेको छ । विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।








