काठमाडौं । एनआईसी एशिया बैंकले ५४ ठाँउको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै लिलामी प्रक्रिया मार्फत ५४ ठाँउको गैर बैंकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो ।

बैंकले सूनसरी, महोत्तरी, रौतहट, भक्तपुर, झापा, बारा, मकवानपुर, कैलाली, मोरङ लगायत अन्य ठाँउको घर जग्गा बिक्रीमा ल्याएको छ । बैंकले सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको छ ।

सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आवेदन पेश गर्न सकिने बैंकले जनाएकाे छ ।