काठमाडाैं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको हाे ।
पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।