काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकले मौद्रिक न८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको हाे । बैंकले आज सर्कुलर जारी गर्दै वाणिज्य बैंक सरह विकास बैंकहरुले पनि पुँजिकोष बढाउनुपर्ने निर्देशन दिएको छ ।
राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि Capital Adequacy Framework, 2015 अनुसार न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नु पर्ने छ । पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पुरक पुँजीको योग हो ।
यसअघि वाणिज्य बैंकहरुलाई लागि अनिवार्य व्यवस्था गरिएको थिएन् ।