काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता सम्पन्न भएको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो । कम्पनीले नबिल इन्भेष्टमेण्टलाई हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका छन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो ।

आज भएको सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।