काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले चालु आवका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

साथै, कम्पनीले यसपटक शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश नबाँड्ने स्पष्ट गरेको छ।