काठमाडौं । मिड सोलु हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आज साउन १४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गर्ने भएकाे हाे ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १ सय रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्य आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा।वि।स हालको सोलुदुधकुण्ड न.पा.वडा नं३,४,५,६,७ र ११) का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३०० कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्लावासीहरुको लागि १ लाख ८७ हजार १०० कित्ता शेयर निष्काशन गर्ने छ ।

त्यस्तै, १ सय रुपैयाँ अंकित दरका ७४ हजार ८४० कित्ता साधारण शेयर (सर्वसाधारणमा निष्काशन गर्ने शेयरको १० प्रतिशत) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाईको लागि निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले यो आइपीओमा साउन २८ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिमा निष्काशन गरिएका सम्पूर्ण कित्तामा आवेदन नपरेमा विक्री अवधि भाद्र ११ गतेसम्म लम्बिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिनु पर्ने छ ।

आइपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आइपीओ साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानियका लागि खुला गरेको आइपीओमा भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म खुला रहनेछ ।