जनकपुर । जनकपुरको पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकमा
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक प्रदेश राजधानी जनकपुरमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक बारे समिक्षा गरिनुको साथै प्रदेशको बिभाग गठन लगाएत प्रदेशको विभिन्न एजेन्डामा छलफल भएको थियो ।बैठकमा मधेस परदेशका प्रदेश सदस्य रबिन चन्द्र कोइरालाले राजनीतिक प्रतिबेदन र सुझाव प्रस्तुत गरेका थिए।

एक दशकको राजनीतिक अनुभव बटुलिसकेका कोइरालाले कार्यसमिति बैठकको एजेण्डा बैठक बस्ने दिनको पाँच दिन अघिनै कार्यसमिति सदस्यहरूलाई जानकारी गराउन सभापतिलाई अनुरोध गरेका छन् । विधानमा जिल्ला कार्यसमितिका सभापति आमन्त्रित सदस्य हुने व्यवस्था भए पनि कुनै पनि सभापतिहरु उपस्थित नभएको अवस्थामा जिल्लाको अवस्था बारे प्रदेश कार्यसमितिलाई केही पनि जानकारी प्राप्त नहुने भएकोले जिल्ला कार्यसमितिका सभापतिहरूलाई विधान बमोजिम अनिवार्य उपस्थित गराउन पदाधिकारीहरूज्यूहरू समक्ष अनुरोध गरेका छन् ।विधानमा व्यवस्था भए अनुरूप सम्पूर्ण विभागहरूको मिति तोकेर यथाशीघ्र पूर्णता दिई जनता समक्ष कार्यक्रम लिएर जान सुझाएका छन् ।

कोइरालाले विधानमा व्यवस्था भए अनुरूप प्रत्येक बर्ष गरिनु पर्ने वडा, नगर, प्रदेश, क्षेत्रीय , जिल्ला र मधेश प्रदेश सम्मेलन गर्न ढिला भएको कारणले यथाशीर्घ सो सम्मेलन गराउन २०७६/ ०९/०३ मा सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले “राजनितिक पूर्वाग्रह राखी रौतहट क्षेत्र नं २ का तत्कालिन सांसद एवम पूर्व मन्त्री आफताब आलम माथि झुठ्ठा प्रमाणहरू संकलन गर्दै षड्यन्त्र पूर्वक फसाउने कार्य गरेकोमा संसदीय दलले घोर आपत्ति गरेको थियो ।” सोही विषयमा बैठको एजेण्डामा राखेर प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले केन्द्रीय तहमा आवश्यक पहल गर्न भनेका छन् ।

मधेश प्रदेश संसदीय दलमा भएका निर्णय र संसदमा आएका विषयहरू र त्यसको वारेमा नेपाली कांग्रेस मधेश प्रदेशको धारणा प्रदेश कार्यसमितिमा अनिवार्य प्रस्तुत गर्न सुझाव दिएको छु । प्रदेश कार्यसमितिलाई जानकारी भए पार्टीले सरकारमा रहंदा गरेको राम्रो कार्यको प्रचार गर्न सहज हुने जानकारी गराएका छन् ।विधानको परिच्छेद -७ (२३) (५) बमोजिम नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनित वा नियुक्त भएका संघीय मन्त्री , संघीय सांसद , प्रदेश मन्त्री, प्रदेश सांसद, जिल्ला समन्व्य समितिका प्रमुख / उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख, गाउंपालिका अध्यक्ष/ उपाध्यक्ष / वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र अन्य राजनितिक नियुक्ति वा मनोनित सदस्यहरूले प्रत्यक महिनाको पारिश्रमिकको केही रकम विधान बमोजिम शुल्क संकलन गर्न जरुरी रहेको प्रतिबेदन मार्फत प्रस्तुत गरेका छन् ।

उनले विधान बमोजिम केन्द्रिय तह देखी वडा तह सम्म पार्टीमा विभिन्न तहमा बसेका पदीधिकारी तथा सदस्यहरूले लेभी बुझाउनु पर्ने व्यवस्थालाई समय सिमा तोकि संकलन गर्न अनुरोध गरेका छन् ।शिक्षा, स्वास्थ्य , कृषि लगायतका अन्य विभागको नेतृत्वमा विज्ञहरू संग परामर्श गरी सुझाव अनुरूप कार्य गर्न। मधेश प्रदेशमा महिला नेतृत्व विकाशका लागि गम्भिर पहलको आवश्यक्तालाई औंलाउंदै प्रत्येक नगर, गाउंपालिका, क्षेत्र र जिल्लामा नेतृत्व गर्न सक्ने सम्भावित महिलाहरू छनौट गरी नेतृत्व विकाशका तालिम अहिले देखी नै शुरूवात गर्न माग गरेका छन् ।

माहिलालाई पनि मेयरको टिकट नपाउनेको गृहणीलाई उपमेयरको टिकट दिने अन्यायपूर्ण प्रचलनको अन्त्य गर्नु पर्ने विषयमा स्पष्ट धारणा बनाउन पाटि नेतृत्वलाई अनुरोध गरेका छन्। मधेशका युवाहरूको आकर्षण क्षेत्रीय दलहरू प्रति बढ्दो देखिएकोले कांग्रेस पार्टी तर्फ आकर्षण बढाउन उपयुक्त योजना र कार्यक्रमहरू संचालन गरिनुपर्छ ।अबको ५ बर्षमा नेपाली कांग्रेस कस्तो मधेसको परिकल्पना गर्दैछ ? मधेशी जनताको जीवनस्थरमा सकारात्मक प्रभाव पार्न के गर्दैछ? भन्दै प्रश्न गरेका छन् ।

डिजिटल मधेश प्रदेशको अवधारणा मैले ५ महिना अघावै सभापतिहरुको अनुरोधमा पदाधिकारी बैठकमा प्रस्तुत गरेको थिएं, आज सम्म कार्यान्वयन नभएकाले, सोही विषयमा तत्काल कार्य अगाडी बढाउन माग गर्द्छु।

भ्रष्टचारको विषयमा प्रदेश कार्यसमितिको धारणा के हो ? नक्कली भुटानी शरणार्थी, ललिता निवास काण्ड, सुन काण्डको विषय किन एजेण्डामा परेन भन्ने प्रश्न समेत गरेका छन् । भ्रष्टचारका विषयमा मधेश प्रदेश कार्यसमितिको धारणा स्पष्ट रूपमा मधेशी जनता समक्ष पुर्‍याउनु पर्ने भन्दै स्पष्ट आधिकारिक धारणाको लागि माग गरेको छन् ।

मधेस प्रदेश को ८ जिल्लामा ६१ लाख बढी जनसंख्या, ९६६१ वर्ग किलोमिटर ३२ क्षेत्र , ६४ प्रदेश क्षेत्र, १३६ नगरपालिका / गाउंपालिका भएको मधेश प्रदेशमा वर्तमान सचिवालयका कर्मचारीलाई कार्यभार थेग्न नसक्ने अवस्था भएकोले , थप कर्मचारीको आवश्यक्ताको विश्लेषण गरी कर्मचारीको व्यवस्थापन गर्न माग गरेका छन् ।

बैठकमा मधेस परदेशका सभापति तथा मधेस प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्ण यादव,मधेस प्रदेश उपसभापति एवम् स्वास्थ्य मन्त्री मा. विरेन्द्र सिंह,उपसभापति चन्द्रशेखर यादव,महामन्त्री बृहस्पति कृष्णा,महामन्त्री उपेन्द्र यादव,मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइराला लगाएत विभागिय प्रमुख र प्रदेश कार्यसमिति सदस्यहरु उपस्थिति रहेको थियो।

बैठकमा मधेस प्रदेश सदस्य रबिन चन्द्र कोइरालाले प्रदेश सभापतिलाई राजनीतिक दस्तावेज र संगठन बिस्तारको सुझाव र एजेन्डा प्रस्तुत गरेका थिए। कोइराला रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार हुन् ।