काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो सेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ आधारमा करसहित ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ।

आइजीआई प्रुडेन्सियलले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कंपनीको वार्षिक साधारण सभा मार्फत अन्तिम रूपमा पारित गरिनेछ। प्राधिकरण र साधारण सभाको अनुमोदन प्रक्रियापछि मात्र उक्त लाभांश सेयरधनीहरूले प्राप्त गर्ने कम्पनीले जनाएको छ।