काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । शेयर बजार आज पनि २६.१४ अंकले घटेर २,१००.३४ को विन्दुमा कायम भएको छ ।

आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँले शेयर कारोबार भएको छ ।

त्यस्ते, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, आईजीआई, नबिल बैंक र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ३.५६ प्रतितशका दरले कमाएका छन् । सुपर माइृ हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४, सिनर्जी पावर, मेगा म्युुचुुअल फण्ड १, एनएमबी हाइब्रिड फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७८ प्रशिततका दरले गुमाएका छन् ।

त्यस्तै, अभियान लघुवित्त, हिमालयन लघुवित्त, सनराइज ब्लुचिप, रावा इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घटेको छ ।