काठमाडौं । सुनको भाउ आज बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५५ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला ३ हजार ८८५ रुपैयाँ कायम रहेको थियो ।







