काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमाससम्मको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार फाइनान्सको व्यवसाय तथा खुद नाफा घटेको छ ।

सार्वजनिक भएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म लघुवित्तले १९ करोड ६९ लाख खुद नाफा प्राप्त गरेको छ जुन अघिल्लो आवको तुलनामा २३.३९ प्रतिशत कम हो । अघिल्लो आवमा लघुवित्तले सोही अवधिमा २५ करोड ७० लाख नाफा आर्जन गरेको थियो ।

तथ्यांकानुसार लघुवित्तको कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेको देखिएको छ भने म्ुनाफा २३.४२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढ्दा खुद कमिशन आम्दानी भने ४०.८२ प्रतिशतले घटेको छ । त्यस्तै समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०.६६ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि ११ करोड ६५ लाख रुपैयाँ भएको छ ।

समीक्षा अवधिमा सापटी २१.०७ प्रतिशतले घटेको यस लघुवित्तमा कर्जा लगानी २६.३३ प्रतिशतले घटेको तथ्यांकले देखाएकोे छ । असार मसान्तसम्मको लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

लघुवित्तको नाफासहित प्रतिशेयर आम्दानी पनि घटेको तथ्यांकमा छ । समीक्षा अवधिमा ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा पुगेको देखिएको छ । असार मसान्तसम्म १३७ रुपैयाँ ८६ पैसा नेटवर्थ रहेको यस लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको सार्वजनिक तथ्यांकमा छ ।