काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार ७१८ कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

कम्पनी संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरले शेयर बिक्रीका लागि बैंकमा निवेदन पेश गरे अनुसार बैंकले उक्त शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनीलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भरी कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ ।