काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.८४ अंकले बढेर २,१०६.१८ को विन्दुमा कायम भएको छ ।
आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ९९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७.१० प्रतिशतका दरले कमाएका छन् । बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, सोमबार एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, लक्ष्मी उन्नती कोश लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ .३१ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै, आज एशियन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।