काठमाडौं । मिति २०८२ भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु एक करोड एक लाख मात्र) योगदान गरेको छ।
उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार मिति २०८२।०९।२१ मा अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव र कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत उपस्थित थिए।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले योगदान पुर्याएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। यसैबीच, आजको मितिसम्म उक्त कोषमा जम्मा रकम १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको जानकारी पनि दिइएको छ।
कम्पनीले जनाएको छ कि यस योगदानमार्फत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले सामाजिक उत्तरदायित्वलाई व्यावहारिक रूपमा अगाडि बढाउँदै राष्ट्रिय पुनर्निर्माणमा आफ्नो सक्रिय सहभागिता सुनिश्चित गरेको छ।








