काठमाण्डौ। स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।
यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १९५ रुपैयाँले वृद्धि भई ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । लगातार बढ्दो सुनचाँदीको मूल्यले बजारमा चासो बढाएको देखिएको छ ।








