काठमाडौं । यतिबेला विभिन्न बीमा, बैंक र उद्योग कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा (एजीएम) र लाभांश वितरणसम्बन्धी विवरण सार्वजनिक गरेका छन्। कम्पनीहरूले सेयरधनीको सहभागिता सुनिश्चित गर्न बुक क्लोज मितिहरू पनि निर्धारण गरेका छन्।
सोही अनसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारणसभा आम्रपालि बैरैट, भाटभटेनी, नक्साल, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने छ। साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
सञ्चालक नियुक्ति अनुमोदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा समावेश छन्। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारणसभा शुभ इभेन्ट्स, बाँसबारी, काठमाडौंमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। सभामा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा समावेश छन्। कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार पुस १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्।
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारणसभा दियो महल, धुम्बाराही, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार पुस ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन्।
त्यसैगरी, एनएमबी बैंक लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।
साथै, आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ०९ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार पुस ०८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्।
यता, खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको बासलात तथा नाफा–नोक्सान हिसाब पारित गर्ने प्रस्ताव प्रस्तुत गरिने छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरिने छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार पुस २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन सक्नेछन्।
साथै, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आफ्नो ३औँ वार्षिक साधारणसभा क्लब डे नोभो प्रा.लि., कालिकानगर, बुटवलमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा समावेश हुनेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले पौष ७ देखि पौष २४ सम्म शेयर कारोबार बन्द (बुक क्लोज) गरिसकेको छ, जस अनुसार पुस ०६ गतेसम्म कायम सेयरधनीले मात्र सभा सहभागिता गर्न सक्नेछन्।









