काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय रूपैयाँले घटेर प्रतितोला ४ हजार ८३५ रूपैयाँ कायम भएको छ ।