काठमाडौं  । शेयर बजार तीन दिनसम्म बन्द रहेपछि आगामी सोमबार मात्रै पुनः खुल्ने भएको छ। लगातार साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण बजार भोलि शुक्रवार (पुस २५ गते) बन्द हुने भएको छ।

आइतबार (पुस २७ गते) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको भएकाले उक्त दिन पनि शेयर बजारमा कुनै कारोबार हुनेछैन। यसरी तीन दिनको बिदापछि बजार सोमबार (पुस २८ गते) बिहान ११ बजेदेखि सुचारु हुनेछ।

बिदाका कारण शेयर बजारसँगै बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू समेत आइतबारसम्म बन्द रहने छन्। यसले गर्दा बजारमा हुने भौतिक राफसाफ, बैंकिङ र अन्य प्रशासनिक प्रक्रियाहरू पनि सोमबारपछि मात्रै सञ्चालनमा आउने छन्।