काठमाडौँ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले घटेको सुनको भाउ आज पुनः बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा प्रतितोला २ हजार १०० रुपैयाँको वृद्धि भएको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढाव तथा अमेरिकी डलरको विनिमयदरमा देखिएको परिवर्तन रहेको व्यवसायीहरू बताउँछन्।
यता, चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँले कम हो । बिहीबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।








