काठमाडाैं । भारतीय संयुक्त लगानीकाे जीवन बीमा कम्पनी एलआइसी नेपालले बीमालेखहरुलाई अभाैतिकरण गर्न शुरु गरेकाे छ । कागजीरुपमा मात्र राखिंदै आएका बीमालेख र प्रस्ताव फारम लगायतका दस्तावेजलाई अभाैतिकरुपमा भण्डारण गर्ने याेजना अन्तर्गत काम भइरहेकाे कम्पनीले जनएकाे छ ।

बीमितको बीमा सम्बन्धी सम्पूर्ण कागजातलाई डिजीटलाइजेशन गरी ६ वटा शाखाको कागजपत्रलाई स्क्यानिङ गरी करिब १५ लाख तस्वीर विद्युत्तीय माध्यममा अपलोड गरिएकाे छ ।

बाँकी रहेका शाखाहरुको पनि बीमासँग सम्बन्धित दस्तावेजहरू क्रमशः कम्पनीकाे केन्द्रीय तथ्यांक भण्डारमा अपलाेड गरिने छ।