काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले नेपालको पहिलो संसद् भवनको रूपमा रहेको ग्यालरी बैठक भवन मर्मतको काम अघि बढाउन निर्देशन दिएकी छिन् । मंगलबार सिंहदरबार परिसर स्थलगत निरीक्षण गर्दै उनले यस्ताे निर्देशन दिएकी हुन् ।

उनले भूकम्पले क्षति पुर्‍याएको सो भवनको स्थलगत निरीक्षण गर्दै उनले ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइन् ।

मन्त्री गुरुङले साउन मसान्तभित्र सो भवनको हालको अवस्थाको बारेमा गरिएको अध्ययानको रिपोर्ट बुझाउन र भदौमा ‘रिट्रोफिट’ गर्नका लागि बोलपत्र आह्वान गर्न सहरी विकास मन्त्रालयका सचिवका साथै मन्त्रालय अन्तर्गत रहेका विभिन्न विभाग तथा कार्यालय प्रमुखलाई निर्देशन दिएकी छिन् ।

राणाकालमा निर्माण भएको ग्यालरी बैठक भवनमा २०७२ सालमा गएको भूकम्पले क्षति पुगेको थियो । यो भवन भत्काउने कि पुनर्निर्माण गर्ने भन्नेबारेमा पटक पटकका सरकारले फरक फरक निर्णय गरेका कारण अलपत्र अवस्थामा रहेको छ ।