काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी माग गरेको छ । कोषले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको हाे ।

कोषले आज एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका तथा अनुभवी उम्मेदवारहरुलाई सो पदमा आवेदन दिन आग्रह गरेको छ ।

सो पदमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानून लगायतका बिषयहरुमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदबारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मिति (साउन १६ गते ) ले २१ दिन भित्र कोषको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्ने कोषले जनाएको छ ।