काठमाडौं। आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले वृद्धि भई २७१४.८१ विन्दुमा पुगेको हो।
आज बजारमा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरका २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्। यस्तै, आज २२४ कम्पनीको सेयर मूल्य बढेका छन् भने ३१ कम्पनीको मूल्य घटेका छन्। यसैगरी ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
गोर्खाज फाइनान्समा आज १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेको छ, जसको कारोबार रकम ४० करोड ७९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, राद्यि विद्युतको ३९ करोड ३ लाख, मन्जु श्री फाइनान्सको ३७ करोड ७ लाख, ग्रीन भेन्चर्सको ३० करोड १३ लाख र एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।








