काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ ।
यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।
त्यस्तै ,पेट्रोलियम पदार्थको मूल्य भने बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।









