• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व


कार्यान्वयन गर्न मिल्ने घोषणापत्र ल्याऊँ : चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल

Aarthik voice

Aarthik voice

१८ माघ २०८२, आईतवार १२:३४

214 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित दलका घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, “हाम्रो मुलुकमा गर्नुपर्ने काम धेरै छन्, त्यसैले छोटो र व्यावहारिक लक्ष्यसहित अघि बढ्नुपर्छ। मलाई के लाग्छ भने पार्टीका नेताहरूले घोषणापत्र बनाउँदा वास्तविक आवश्यकता हेरेर तयार गर्नुपर्छ। घाटी हेरेर निल्ने भने जस्तै सम्भव हुने खालको कार्यक्रम ल्याउनुपर्छ । घोषणापत्र कागजमा राम्रो देखिने होइन, तल्लो तहका जनताले प्रत्यक्ष लाभ लिन सक्ने किसिमको हुनुपर्छ। यदि जनतामैत्री घोषणापत्र आयो भने निश्चित रूपमा मुलुक अगाडि बढ्छ।”

उनले पार्टीगत प्रतिस्पर्धामा नकारात्मक राजनीतिक एजेन्डा आउने गरेको बताउँदै आर्थिक एजेन्डाका विषयमा भने सबै दलहरू एक ठाउँमा उभिएर साझा दृष्टिकोण बनाउन उनले अनुरोध गरे । उनले भने, “अहिले हाम्रो मुलुकको आर्थिक अवस्था केही नकारात्मक दिशामा गएको छ। चालु खर्च करिब ८० प्रतिशत पुगेको छ भने विकास खर्च केवल २० प्रतिशतमा सीमित छ। दैनिक प्रशासनिक खर्च अत्यधिक हुँदा उत्पादनमुखी क्षेत्रमा लगानी कम भएको छ। त्यसैले घोषणापत्रमा अनावश्यक चालु खर्च घटाउने र उत्पादनमूलक गतिविधि बढाउने स्पष्ट योजना राख्नुपर्छ।”

उनका अनुसार अर्को महत्त्वपूर्ण विषय युवा शक्ति हो। ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै युवालाई राष्ट्रिय उत्पादनमा समाहित गर्न पार्ट टाइम जबको व्यवस्था ल्याइनुपर्ने र यसलाई घोषणापत्रमै समेटिनुपर्ने बताए। उनले भने “२०–२५ वर्षका युवाहरू अवसर नपाएर विदेशिने अवस्था अन्त्य गर्नुपर्छ। विकसित मुलुकहरूमा बिहानैदेखि कामको अवसर उपलब्ध हुन्छ, त्यो भनेको युवा शक्तिलाई उत्पादनमा जोड्ने नीति हो। हाम्रो देशमा पनि यस्तै वातावरण निर्माण गर्नुपर्छ।”

उनका अनुसार कृषि क्षेत्र अझै प्राथमिकतामा पर्न सकेको छैन। हामी कृषि प्रधान मुलुक भए पनि खाद्यान्न आयात बढ्दो छ, जुन अत्यन्तै नकारात्मक संकेत हो। उनले भने, “कृषि उत्पादन बढेमा जीडीपीमा प्रत्यक्ष सुधार हुन्छ। अहिले ठूलो परिमाणमा खेतीयोग्य जमिन बाँझो छ। यसलाई रोक्न स्थानीय सरकार र वडा तहसँग सहकार्य गरी बाँझो जमिन नराख्ने नीति ल्याउनुपर्छ। जुन ठाउँमा जस्तो माटो छ, त्यहीअनुसारको उत्पादन प्रणाली अपनाउनुपर्छ।” जमिन बाँझो नराख्ने विषयलाई राष्ट्रिय योजनाका रूपमा घोषणापत्रमै समेटिनुपर्ने उनको जोड छ ।

उनका अनुसार सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना छ। उनले भारतले अर्बौँ डलर आम्दानी गरिरहेको अवस्थामा हामी केही अर्ब रुपैयाँमै सीमित रहेको औंल्याए । उनले भने, “आईटी शिक्षालाई शहरमा मात्र होइन, गाउँका दूरदराजसम्म पुर्‍याउनुपर्छ।” सिक्दै कमाउने मोडललाई अघि बढाउनुपर्छ ताकि युवाले पढ्दै काम गर्ने अवसर पाऊन्।

उनले वनजंगल र जडीबुटीको क्षेत्र पनि सदुपयोग हुन नसकेको बताउँदै हामीसँग पर्याप्त स्रोत हुँदाहुँदै पनि मलेसिया लगायत मुलुकबाट आयात गरिरहेको तथ्य औल्याए। उनले भने, “जडीबुटीलाई व्यवसायिक रूपमा विकास गरी निर्यातमुखी बनाउनुपर्छ। गाँजा लगायतका केही बालीलाई नियमनसहित प्रशोधन र प्रवर्द्धन गर्ने विषयमा पनि गम्भीर छलफल आवश्यक छ, किनकि यसको अन्तर्राष्ट्रिय माग ठूलो छ।”

उनले देशमा निराशा बढ्नुको मुख्य कारण सरकारी सेवा प्रवाह कमजोर हुनु रहेको बताए । उनका अनुसार काम समयमा नहुने, ढिलासुस्ती हुने प्रवृत्तिले जनतामा असन्तोष बढाएको छ। उनले भने, “अब आउने सरकारले समय सीमा आधारित कार्ययोजना अनिवार्य रूपमा लागू गर्नुपर्छ। कुन काम किन ढिला भयो भन्ने जवाफदेही प्रणाली बनाउनुपर्छ। सेवा समयमै नपाउँदा मुलुक पछि परेको छ, यसलाई सुधार नगरी विकास सम्भव नभएको उनको भनाइ छ ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

स्पेसल-न्युज

चुनौतीले रोक्न नसकेकी प्रभा, यसरी बनिन् १८ पटकसम्म एमडीआरटी

दलका घोषणापत्रमा बीमा क्षेत्रका एजेन्डा समेट्न सीईओ पौडेलका ५ सुझाव

बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जा दिँदै, कुन बैंकको ब्याजदर कति?

कार्यान्वयनमुखी घोषणापत्र ल्याउन निजी क्षेत्रको माग, दलहरुको के छ तयारी ?

लक्ष्मी समूहको “रिल्याक्स” स्टेसन : ईभीलाई रिचार्जसँगै मर्मत पनि

साढे तीन दशकमा उल्लेखनीय आर्थिक सुधार, प्रगतितर्फ अघि बढ्दै नेपाल

ताजा

  • चुनौतीले रोक्न नसकेकी प्रभा, यसरी बनिन् १८ पटकसम्म एमडीआरटी
  • फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना
  • कजारियाले मध्य नेपालको बजार सुदृढ पार्दै बेसीसहरमा नयाँ शोरूम उद्घाटन गर्यो
  • सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’लाई थप १० वर्ष जेल सजाय
  • जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
  • वीरगञ्ज भन्सार कार्यालयबाट ६ महिनामा १ खर्ब बढी राजस्व संकलन
  • दलका घोषणापत्रमा बीमा क्षेत्रका एजेन्डा समेट्न सीईओ पौडेलका ५ सुझाव
  • नेपालमा ९६.७% घरमा विद्युत्, सबैभन्दा बढी गण्डकी र कम कर्णालीमा

ट्रेन्डिङ

  • पञ्चायतको जेलदेखि संसदसम्म : ‘जिउँदा सहिद’ हिमाल शर्माको संघर्षमय राजनीतिक यात्रा
  • एलआरआर मोटर्सद्धारा जिली EX5 को २०२६ मोडल सार्वजनिक
  • सिटिजन लाइफको बीमा शुल्क २२% ले बढ्यो, यस्ता छन् अन्य सूचक
  • देउराली–जनता फर्मास्यूटिकल्सले ४७५ करोडको लगानीमा नयाँ कारखाना बनाउने
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा इन्टरनेशनल सेल्स ट्रेनिङ्ग सम्पन्न
  • बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जा दिँदै, कुन बैंकको ब्याजदर कति?
  • ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • वित्तीय साक्षरताबाट आत्मनिर्भर समाजको यात्रामा अघि बढ्दै अभिकर्ता दिल माया

Facebook Page

Facebook

शेयर

  • नेप्से परिसूचक २६.०५ अंकले ओरालो, सर्वाधिक कारोबार रिडी पावरको
  • Capital Market Literacy-SMART Friday Episode–07 शुक्रबार आयोजना हुँदै
  • होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने म्याद आज सकिँदै
  • दोहोरो अंकले ओरालो लाग्यो नेप्से, सुपर माई हाइड्रोको सबैभन्दा बढी कारोबार
  • सुपरमाई हाइड्रोद्वारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गरिने
  • आज SMART Friday! मा नेपाल स्टक मार्केटको वास्तविक प्रणाली बुझाइँदै
  • सुपर खुदी हाइड्रोले १२ लाख बढी कित्ता सेयर निष्कासन गर्दै, कहिले खुल्दैछ आईपीओ ?
  • दोहोरो अंकले उकालो लाग्यो नेप्से, युनियन हाइड्रोपावर अग्रस्थानमा

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice