काठमाडौं । संखुवासभामा सभा खोला सि जलविद्यूत आयोजना बन्ने भएको छ । कोशी प्रदेशको संखुवासभामा ६.३ मेगावाट क्षमताको सभा खोला सि जलविद्यूत आयोजना बन्ने भएको हाे ।

विद्यूत विकास विभागकाअनुसार संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको सभाखोलाको पानीलाई प्रयोग गर्दै विद्युत उत्पादनका लागि अर्बिट इनर्जी प्रालिले विभागमा अनुमतिपत्रको दरखास्त आवेदन दिएको हो ।

यो जलविद्यूत आयोजनाको जडित क्षमता ६.३ मेगावाटको हुनेछ भने यसबाट वार्षिक सरदर ३७.३८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु सभापोखरी गाउँपालिकाको सभाखोलाको दुवै किनारमा राखिनेछन् । आयोजनाको पावर हाउस ३८.७० मिटर लामो र १३.६ मिटर चौडा हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत गृहको नजिकै राखिने स्वचियार्ड हुँदै २०.५० किमि लामो १३२ केभिको सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधिन सितलपाटी सबस्टेसनमा जोडिनेछ । त्यहाँबाट भने उक्त विद्यूतिय उर्जा राष्ट्रिय प्रराण लाइनमा प्रवाह गरिनेछ ।

आयोजना सन् २०२५ को अगस्ट महिनासम्ममा सम्पन्न गर्ने बताइएको छ ।