काठमाडौँ। केही दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य आज भने बढेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि भने सुनको मूल्य एकै दिनमा १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। हिजो प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ पुगेको छ।