काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा बन्द भएको हो ।

आज ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८१ कम्पनीको शेयरमूल्य घटेको छ ।

त्यस्तै, आज २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

आज सबै भन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ४.१४ प्रतिशतका दरले कमाएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४.३ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ३.८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, आज एनआईबिएल समृद्धि फण्ड २, सुपरमादी हाइड्रोपावर, सामुदायिक लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।