काठमाडौँ। निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि केही सरकारी कागजात देखाएर मतदान गर्न सकिने जनाएको छ। आयोगले मतदाता परिचयपत्र बाहेक पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक लिएर मतदान गर्न सकिने जानकारी दिएको हो।

आयोगका अनुसार, मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ। सामान्यतया मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा जानुपर्छ। तर परिचयपत्र हराए वा नस्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एक कागजात लिएर मतदान गर्न सकिन्छ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुने छ।