काठमाडौँ। प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा सुमन शर्मा नियुक्त भएका छन्। माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको (CEO) बनाउने निर्णय गरेको हो।

उनको नियुक्ति आज मंगलबार बाट लागू हुने गरी गरिएको छ र कार्यकाल ४ वर्षको रहनेछ।

यसअघि बैंकका (CEO) अशोक शेरचनले राजीनामा दिएका थिए। उनको राजीनामा माघ १९ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। त्यसपछि अस्थायी रूपमा बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।