काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १२ दशमलव ५८ अंकले घट्दै २ हजार ६ सय ८३ दशमलव १५ विन्दुमा झरेको छ।
आजको कारोबारमा कुल १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ पुगेको छ।
कारोबार अवधिमा ६६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिँदा १ सय ९० कम्पनीको मूल्य घटेको छ। यसैगरी ३ कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ।
आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको सेयरमा मात्र ५९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोपावरमा ३२ करोड २२ लाख रुपैयाँ, पिपल्स पावरमा २५ करोड ७ लाख रुपैयाँ तथा बन्दीपुर केबलकारको सेयरमा २४ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।








