काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आवको भन्दा १.११ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै ,यस अवधिमा २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आवको भन्दा ३.६४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ६१ करोड २० लाख रहेको छ।यस्तै,यस अवधिमा कम्पनीको कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँमा झरको छ।

चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ भने प्रतिशेयर आम्दानी ११.३० रुपैयाँ रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेशियो २.३३ प्रतिशतबाट बढेर २.४३ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको यस कम्पनीले ६ महीनामा बीमा पोलिसी रिन्यू गरी १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ।