काठमाडौं। सुनको मूल्य फेरी पुरानै गतिमा बढ्न थालेको छ। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो। आज सुनको मूल्य एकैदिन प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २६५ रुपैयाँले बढ्दै ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।








