काठमाडौँ। सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ २० गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

साथै, बैठकले शतप्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

२० % भन्दा धेरै लाभांश क्षमता भएको सुपरमाईको वित्तीय अवस्था झन् मजबुत बन्दै (कम्पनी विश्लेषण)

निर्धारित लाभांश भने विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र आगामी ११ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ।