काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीका बोनस शेयर सूचीकृत भएका छन्। आज सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकका बोनस शेयर सूचीकृत भएका हुन्। उक्त कम्पनीहरुको शेयर भोलिदेखि कारोबारमा आउनेछन् ।

सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनसका रूपमा ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनसका रूपमा ३४ लाख ८ हजार ३१०.४० कित्ता शेयर सूचीकृत भई जम्मा ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस शेयर नेप्सेमा थपिएका छन्।