काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा एक जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय डिकबहादुर राउत रहेका छन्।
राउत सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलमा सरसफाइको काम गर्दै आइरहेका थिए। उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार, राउतले डस्टबिनको फोहोरबाट सुन निकालेर बाहिर लैजान लाग्दा पक्राउ गरिएको हो। फोहरको पोको जाँच गर्दा ४.४ ग्राम सुन फेला परेको बताइएको छ।








