काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकले सन सेक्युरिटिजसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।
यस सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।
बैंकले उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटिएम मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पुर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।