काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’
पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् ।पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले हिजो पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहरसमेत गरेको छ । पूर्व प्रधानमन्त्री खान अस्ति पक्राउ पर्नुभएको थियो ।