काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीकाे हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले साविक शेयरधनीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको हाे ।
संस्थाले १०ः५ अनुपातमा प्रति शेयर १०० रुपैयाँका दरले ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गत असार २९ देखि साउन १८ गतेसम्मका लागि खुल्ला गरेको थियो ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गरेकोले जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।