काठमाडौं । एनआईसी एशिया बैंकले विक्री गरेको ४ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो ।

उक्त शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।