काठमाडौं । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

आज (बिहीबार) पनि उनीहरुले माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने उनीको माग रहेको छ ।

माग पुरा गर्नेतर्फ सरकार गम्भीर नभए सिंहदरबार र बालुवाटार घेर्ने लघुवित्त पीडितहरुले बताए ।

त्यस्तै आन्दोलनरत सहकारीका बचतकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा केही बचतकर्ताहरु घाईते भएका छन् ।

बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् । अहिले उनीहरु संघीय संसद् भवन नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेका छन् ।