काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडको खुद नाफामा ७६.८७ प्रतिशतले गिरावट आएको छ । फाइनान्सले आज गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा गिरावट आएको हो ।
विवरण अनुसार कम्पनीको खुद नाफामा ७६.८७ प्रतिशतले गिरावट आएर ३ करोड ८६ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोेही अवधिसम्ममा कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै कम्पनीको सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो मुनाफा ७३.३४ प्रतिशतले घटेर ५ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २० करोड ९४ लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १३ करोड ९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १२ करोड ६६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको रिजर्भको आकार ५.२८ प्रतिशतले घटेर ५३ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ५६ करोड २६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५९ रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६० रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १९ रुपैयाँ कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.२४ प्रतिशत थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.५२ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २०.१७ रुपैयाँ थियो। ईपीएस ७७.५९ प्रतिशतले घटेको छ । पीई रेसियो ७८.०३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३९.७१ रुपैयाँ रहेको छ।