काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ । शुक्रवार तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको बताए ।
कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति गुरुङको आपत्ति छ ।
तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिए ।