दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले १ करोड ८२ लाख रुपैयाँ मूल्य पर्ने टिभी बजारमा ल्याएको छ ।सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।
यो टेलिभिजनमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् । आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।
यो टेलिभिजनमा २४।८ मिलियन माइक्रोमिटर आकारका ultra small एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।
यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।
माइक्रो एलईडी प्रविधियुक्त यस टिभीमा माइक्रो एलईडी, माइक्रो कन्ट्रयास्ट, माइक्रो कलर, माइक्रो एचडीआर तथा माइक्रो प्रोसेसर छन् जसले निकै उच्च गुणस्तर प्रदान गर्ने दाबी गरिएको छ ।
यसमा self-emitting back light, micro HI processor multi-intelligence AI upscaling, scene adaptive contrast का साथै Dynamic range expansion plus जस्ता विभिन्न फिचरहरु रहेका छन् ।
साथै यो टेलिभिजनमा मल्टी भ्यू सुविधा पनि रहेको छ जसले १२० एफपिएससम्मको फोर के रिजोलुसनमा चार फरक–फरक एंगलबाट टेलिभिजनको पर्दामा हेर्न सकिने सुविधा प्रदान गर्दछ । यो टेलिभिजन लाइभ गेम हेर्न, टेलिभिजन शो हेर्न वा भिडियो गेम खेल्न सबैका लागि उत्कृष्ट रहेको दाबी सामसुङको छ ।एजेन्सीको सहयोगमा